राप्रपा नेपालको पूर्वाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रम : आन्दोलनबाटै राजतन्त्र स्थापना गर्छौ – अध्यक्ष थापा

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा जनताको आन्दोलनबाटै राजतन्त्र स्थापना गर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा बुधवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष थापाले यस्तो बताएका हुन ।

उनले वर्तमान समयमा देश र जनताले सङ्घीयता धान्न नसक्ने भएकोले मुलुकमा राजसंस्था अनिवार्य रहेको बताए । ६२–६३को जनआन्दोलन पछि स्थापना भएको गणतन्त्रले मुलुकलाई विखण्डन , धार्मिक द्वन्द्व ,अराजकता , र गरिबी तर्फ उन्मुख बनेको अध्यक्ष थापाको भनाइ थियो ।

उनले प्रदेश संरचना तत्काल खारेज हुनुपर्ने माग पार्टीले विगत देखिनै उठाउँदै आएको र अबको मुख्य एजेन्डा भनेकै हिन्दु धर्म सहितको राजसंस्था , र सङ्घीयता खारेज रहेको प्रस्ट पारे । अध्यक्ष थापाले अर्को सन्दर्भमा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राप्रपा सँग सहकार्य तथा एकीकरणमा आफू र पार्टी सदैव सकारात्मक रहेको पनि बताए । उहाँबाट प्रस्ताव आय हामी सकारात्मक नै छाै उनले भने ।

त्यस्तै दुर्गा प्रसाइकाे प्रसङ्गमा भने फरक धारणा राख्दै अध्यक्ष थापाले भविष्यमा सहकार्य हुन सक्ने पनि सङ्केत व्यक्त गरे । वर्तमान अवस्थामा प्रसाईँ जी आफ्नो ठाउँबाट सङ्घीयता खारेज अभियान चलाइरहनुभएको छ यसमा हाम्रो पार्टीको कुनै उपस्थिति छैन तर भविष्यमा सहकार्य गराै भन्ने प्रस्ताव उताबाट आय पार्टीमा छलफल अवश्य हुन्छ अध्यक्ष थापाले भने । राप्रपा नेपालले आयोजना गरेको पूर्वाञ्चल स्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चल स्तरीय नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित