इटहरीमा आज दिनभर बिद्युत सेवा अवरूद्ध हुने

इटहरी । इटहरीकाे बिभिन्न स्थानमा आज बुधबार बिद्युत सेवा अवरूद्ध हुने नेपाल बिद्युत प्राधिकरण बितरण शाखा इटहरीले जनाएकाे छ । ६ लेन राजमार्ग विस्तारका क्रममा बिद्युतिय पाेलहरू स्थानन्तरण तथा सारिएका पाेलहरूमा नयाँ तार जडान गर्ने कार्य प्रारम्भ भएकाले बुधबार दिनभरी बिद्युतकाे सेवा अवरूद्ध हुने जनाएकाे हाे । प्राधिकरणले एक सुचना जारी गर्दै यस्ताे जनाएकाे हाे ।

बुधबार बिहान ९ बजेदेखि दिउसाे ३ बजे सम्म इटहरीकाे मुख्य चाैक , हलगढा , आपगाछी ,तरहरा ,बरमपुर ,कराइवन लगायतका क्षेत्रहरूमा बिद्युत सेवा अवरूद्ध हुने प्राधिकरण बितरण शाखा इटहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित