ईलाम, धनकुटा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जना पक्राउ

इटहरी । कोशी प्रदेशको ईलाम, धनकुटा र मोरङ जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका-५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका-२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका-१ बाट धरान-१४ का २५ बर्षीय सुजन थापा र धरान-६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की, TRAMOL २६० चक्की र   SPASMO PROXMINO (+) ३४ चक्की सहित पक्राउ गरेको हो ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका-१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित