‘कट्टा हानिदिन्छु’ गीत माथि चोरीको आरोप

इटहरी /  गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् ।

आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई छ । ‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु ।

धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ ।’ कार्कीले गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित