झापा पुगेका शेखरलाई कार्यकर्ताको गुनासो : गठबन्धनका कारण कांग्रेस विचारशून्य भयो

काठमाडौँ । समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई विभिन्न तहका कार्यकर्ताहरुले गुनासै–गुनासो पोखेका छन् । आज (सोमबार) बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए ।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?’ एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन् । सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए ।

भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरुले नेताहरुलाई सुझाव दिए । सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अवका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे ।

प्रतिक्रिया

सम्बन्धित