मेनुकालाई घरमा भव्य स्वागत, आइपुगिन् नेपाल

काठमाडौं / इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरेकाे हाे ।

उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे । गृहनगर चारअलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।

उक्त समारोहमा मेनुकालाई सबैलाई धन्यवाद दिइन् । नेपाली कलाकारको प्रतिनिधित्व गर्दै अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले मेनुकालाई सम्मान प्रदान गरे । उनी गृहनगर आउँदा सर्वसाधारण बाटोमा माला लिएर प्रतिक्षा गरिरहेको बताइएको छ ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित