सुनसरीमा श्रमजीवी पत्रकारको तदर्थ समिति गठन : वनको संयोजकत्वमा ९ सदस्य चयन

सुनसरी । श्रमजीवी पत्रकारहरूको हक–हित संरक्षणसहित श्रमजीवी पत्रकार ऐनको व्यावहारिक कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले सङ्गठित श्रमजीवी पत्रकार सङ्घ नेपालको सुनसरी शाखा गठन गरिएको छ ।

केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको उपस्थितिमा सुनसरीको इटहरीमा आज भएको श्रमजीवी पत्रकारहरूको भेलाले पूर्वेली न्युजमा आबद्ध पत्रकार तेज वनको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको अन्य सदस्यहरूमा सरोज बराल (इनरुवा), जनक पाण्डे (इटहरी), सुमित कार्की (धरान), हिमाल राई (बराहक्षेत्र) र अकबर अली (दुहवी) रहेका छन् । भेलाले पत्रकारद्वय सुविद गुरागाई र बाबुराम खडकालाई सल्लाहकारमा मनोनित गरेको छ ।

देशभर ३५ जिल्लामा शाखा विस्तार गरिसकेको श्रमजीवी पत्रकार सङ्घ नेपालले कोसी प्रदेशमा सुनसरीमा गठन गरेको पहिलो शाखा हो । सो अवसरमा भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पारिश्रमिक वृद्धिका लागि सङ्घले देशव्यापी दबाब अभियान सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित