छत्रपति शिवाजी महाराजको भूमिकामा देखिँदै शाहिद कपुर

एजेन्सी । अभिनेता शाहिद कपुर यतिखेर चर्चामा छन्। शाहिदको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘तेरी बातों में उलझा जिया’ माघ २६ गतेबाट रिलिज हुँदैछ। 

यसैबीच, उनी नयाँ फिल्ममा देखिने भएका छन्। छत्रपति शिवाजी महाराजमाथि बन्न लागेको ऐतिहासिक फिल्ममा शाहिद महत्वपूर्ण भूमिकामा देखिन लागेका छन्। यस फिल्मलाई 'ओ माई गड २' का निर्देशक अमित रायले निर्देशन गर्ने छन्। 

भारतीय मिडियाका अनुसार शाहिद यो प्रोजेक्टको बारेमा निर्देशक रायसँग छलफल गरिरहेका छन्। यी दुईबीच विगत केही दिनदेखि छलफल चलिरहेको बताइएको छ। अश्विन वर्देको ब्यानर वाकाओ फिल्म्सले निर्माण गरेको यो ऐतिहासिक फिल्म छत्रपति शिवाजी महाराजको जीवनीमा आधारित हुनेछ। 

यसअघि शाहिदले २०१८ मा ऐतिहासिक ड्रामा फिल्म 'पद्मावत' मा राजा रावल रतन सिंहको भूमिका निर्वाह गरेका थिए। गत अक्टोबरमा शाहिदको मुख्य भूमिकामा फिल्म 'देवा' को घोषणा भएको थियो। जुन फिल्म यस वर्षको अक्टोबर ११ मा दशहराको अवसरमा रिलिज हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित