नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं / नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ । 
 

प्रतिक्रिया

सम्बन्धित