झापामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

दमक : इलामको माङसेबुङ गाउँपालिका ३ घर भइ हाल झापाको दमकमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय विनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

आपसी विवादको क्रममा श्रीमती २८ वर्षीया ममिला राईलाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।ममिला माघ १७ गते राति सुतेको र १८ गते बिहान अबेरसम्म नउठेपछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मृतक महिलाको शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतकको श्रीमानलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ भने मृतक महिलाको शव पोष्टमार्टमपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित