इटहरीमा हात्ती छेक्न पर्खाल लगाउँदै उपमहानगर

इटहरी । गत मंसिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जंगली हात्तीको समुहले स्थानीयको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षती पुर्‍यायो, हालसालै थप २ जना हात्तिको आक्रमणबाट घाईते समेत भएका छन ।

अहिले इटहरीमा मात्र नभई कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा हात्ती आतंक छ । ५ जना भन्दा बढिले ज्यान गुमाईसकेका छन । इटहरीमा भने हात्ती आतंकले ज्यानै गएपछी हात्ती नियन्त्रणका लागि इटहरीका मेयर हेमकर्ण पौडेल कम्मर कसेर लागेका छन  ।

मेयर पौडेलले नागरिकलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साईरन जडान,लाईट व्यवस्थापन गरि सबैभन्दा बढी हात्ती प्रभावित २ नं वडा पुर्व ६ फिट अग्लो पर्खाल बनाउने कार्य शुरु गरेका छन । हात्ती आतंक दीर्घकालीन रुपमै नियन्त्रण गर्न ६ फिट अग्लो पर्खाल अनिवार्य भएको मेयर पौडेलको तर्क छ । फर्खालको काम समेत सुरु भएको मेयर पौडेलको भनाई छ ।

यस अघि नै उपमहानगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउन साइरन जडान र बत्ती जडान गर्ने काम भईरहेको छ । यस अघि हात्ती आक्रमणबाट मृत परिवारलाई इटहरी उपमहानगरले एक लाख आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित