माया घरमा आश्रीतहरूलाई सिद्धार्थ स्कुलकाे वनभाेज : सचेत धराने समुहले दियाे लता कपडा र खाद्यन्न

इटहरी । सुनसरीको इटहरीस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले माया घर नेपालमा आश्रीतहरूलाई मनोरञ्जनात्मक कृियाकलाप सहित वनभोज खुवाएको छ ।  विभिन्न समयमा सडकमा कष्टकर जीवन व्यतीत पछि माया घरले उद्धार गरी ल्याएकाहरूलाई  एक दिन भए पनि तनावबाट मुक्त बनाउने प्रयास स्वरूप  वनभोज खुवाइएको हो ।

स्कुलको हाेटल म्यानेजमेन्ट विषयमा अध्यन्नरत विद्यार्थीहरूले खाजा खान छुटाएको रकम जम्मा गरी माया घर नेपालमा आश्रीतहरूलाई वनभोज खुवाएका हो । आश्रीतहरूलाई माया घरकै सल्लाह र व्यवस्थापनमा वनभोज खुवाइएको हो । वनभोजमा विद्यार्थीहरूले आफै विभिन्न परिकारका स्वादिष्ट खाना बनाएर खुवाएका थिए । 

 वनभोज सँगै आश्रीतहरूलाई विभिन्न साङ्गीतिक कार्यक्रमहरू गरी मनोरञ्जन दिलाइएको थियो । यहाँ धेरै जसो मानसिक रोगीहरू हुनुहुन्छ उहाहरूलाइ एक दिन भए पनि तनावबाट मुक्ति मिलाेस भन्ने उद्देश्यका साथ माया घरकै व्यवस्थापनमा वनभोज आयोजना गरिएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताउनुभयो ।

विद्यार्थीहरूले आयोजना गरेको वनभोजमा माया घरका आश्रितहरू हर्षका साथ सहभागी भई नाचेर खुसी साटासाट गरेका थिए ।  माया घर नेपालमा हाल १४० भन्दा बढी अशक्त , असहाय ,तथा ज्येष्ठ नागरिक र बालबालिकाहरूले आश्रित लिँदै आएका छन् । 

सचेत धराने समूहले दियो न्यानो कपडा र खाद्यान्न 

यसैबिच माया घर नेपालमा आश्रीतहरूलाई सचेत धराने समूहले खाद्यान्न साथै लता कपडा वितरण गरेको छ । शुक्रवार माया घरको प्राङ्गणमा औपचारिक कार्यक्रम बिच लता कपडा र खाद्यान्न सामग्री वितरण गरेको हो ।

मध्यम जाडो र गर्मीयामकाे सुरुवात समय भएकोले अाश्रीतहरूलाइ गर्मी र जाडो दुवैमा लगाउने कपडा वितरण गरिएको सचेत धराने समूहका प्रतिनिधि तथा कार्यक्रम संयोजक निश्चल पालिखेले बताए । त्यस्तै माया घरमा आश्रीतहरूलाई खाद्यान्न पनि वितरण गरिएको उनले बताए । 

संस्थाको सामाजिक कार्य अन्तरगत माया घर नेपाललाई कपडा र खाद्यान्न वितरण गरिएको साथै यस्ता सहयोग निरन्तर रहने सचेत धराने समूहले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित