कोसी प्रदेशका २ दर्जन कलेजहरूलाई पछि पार्दै कोसी प्रदेशस्तरीय राेबाेटिक प्रतियोगितामा इटहरीको नमुना कलेज बन्याे प्रथम

इटहरी । मोरङको विराटनगरमा आयोजित कोसी प्रदेश स्तरीय राेबाेटिक  प्रतियोगितामा इटहरीको नमुना कलेज प्रथम भएको छ । कोसी प्रदेशका २ दर्जन कलेजहरूलाई पछि पार्दै उक्त प्रतियोगितामा इटहरीको नमुना कलेज विशिष्ट अङ्क सहित प्रथम भएको हो ।

कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित राेबाेटिक प्रतियोगितामा प्रथम भएको नमुना कलेजले नगद रु१० हजार र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेको छ । साथै प्रतियोगिताबाट प्रथम भइसकेपछि अब नमुनाले अन्ताराष्ट्रिय स्तरको राेबाेटिक कम्पिटिसनमा सहजै भाग लिन पाउने छ ।

कोसी मिनी यन्त्रले आयोजना गरेको यस प्रतियोगितामा धरान , इटहरी , उर्लाबारी , धनकुटा ,बेलबारी झापा , विराटनगर लगायतका निजी कलेजहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियाेगिता विराटनगरस्थित महेन्द्र मोरङको कलेज प्राङ्गणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित