इटहरीस्थित नमुना कलेजका विद्यार्थीहरूले गरे सगरमाथा गार्मेन्टकाे अवलोकन

इटहरी । सुनसरीकाे इटहरीस्थित नमुना कलेजका विद्यार्थीहरूले सगरमाथा गार्मेन्ट उद्योगको अध्ययन तथा अवलोकन गरेका छन् ।

कलेजका कक्षा १२ अन्तरगत हाेटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले इटहरीका कपडा उद्योग सगरमाथा गार्मेन्टको अवलोकन गरेका हुन् ।

बजार व्यवस्थापन संकाय र हाेटल म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीहरूले सो उद्योगबाट उत्पादन भएका कपडाको गुणस्तर र बजारीकरण गर्ने विधिबारे जानकारी लिएका थिए । कपडा उद्योग सञ्चालन गर्दा लाग्ने खर्च , सामग्री ,कर्मचारी विवरण लगायत अन्य कुराहरूको विद्यार्थीहरूले जानकारी लिएका थिए ।

विद्यार्थीहरूले पढाइ सकेपछि विदेश जानु भन्दा पनि नेपालमै बसेर यस्ता उद्योग सञ्चालन गर्न सकिने र उत्पादनको छोटो समयमै नाफा मिल्ने गार्मेन्ट सञ्चालकले प्रेरणामूलक सन्देश दिएका थिए । 

अवलोकन गर्न पुगेका विद्यार्थीहरूले पनि अध्ययन सकेपछि राेजगारीकालागि विदेश भाैतारिनु भन्दा यस्तै उद्योग सञ्चालन गर्न सके भविष्य उज्ज्वल हुने बताएका थिए । कलेजले विभिन्न समयमा अतिरिक्त कृयाकलकपहरूमा जोड दिँदै अाइरहकाे छ ।

प्रतिक्रिया

सम्बन्धित