रुपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना, कुल संख्या ८४ पुग्याे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/DSC00098.JPG-1_5BDmZAEZcV_il20ucylfyu0v65bvigmce55msxhp6ghms5vhfuo1phtewkxslx0o4lktcxn_oVh1nqjQPs_bkvslicrssrreyvhtyydfhlglwml9fiznobrwinlotgozscryywgzbnysblx.jpg)
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन ।
रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताए ।
प्रहरीले सेवा प्रभावित गर्दा समुदायसँगको सहकार्य समुदाय प्रतिको विश्वास र प्रगाढपन पछिल्लो पटक देखिएको आम नागरिक प्रति देखिदै गएको नैरस्यापन, नकारात्मक सोचलाई अझ कम कसरी गर्न सकिन्छ भन्ने तिर यहाँको प्रहरी लक्षित हुन जरुरी रहेको बताए । स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए ।
नेपाल प्रहरी प्रधान कार्यालयले १० महिना अगाडि अस्थायी प्रहरी पोस्टको रुपमा स्वीकृत भई गरी बैशाख १९ गतेबाट भाडाको घरमा बसोबास गरी सेवा प्रवाह गर्दै आएको थियो । खैरेनी र धकधई करिब २० किलोमिटरको दुरीमा प्रहरी युनिट नभएकोले सुरक्षा युनिट आवश्यकताको महसुस गरी देवदह नगरपालिकाको नियमित बजेट १८ लाख र स्थानीय जनसमुदायको सहयोगमा आफ्नै ५ कोठे भवन सहितको अस्थायी प्रहरी पोस्ट उद्द्दाटन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने ।
रुपन्देही प्रहरीले यसै बर्षमा रुपन्देहीका तीन ठाँउमा प्रहरी युनिट स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्तर्गतत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरेसँगै रुपन्देहीमा नेपाल प्रहरीका ८४ वटा युनिट भएका छन । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षता प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अपिपधकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थिए ।
![त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय](https://snowberry.prixacdn.net/media/gallery_folder/kailali-duba_xhihOklnKT_lhlle3zpcsxknrzlyyl2lrpmeat4vflz3oausfcj5xyykaaruwefjdbl3fva_WN1bg3rPH4_ip5uworgak4fqrvichhitake5fefcakn5emubwl22csdchtjgyzxtaqiij1h.jpg)
त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय
![कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार
![कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Duban-Ghar_R73u3bvQKs_yr9hlkscgh07dkrncm07bxqoivlp5ldsnycmkuukaok3vepgcu3ihwj25jx2_W9mXDgI9OH_bkbinmnbqtqjmk9wsvbixp11lgk2zqilvtjkgwpducdwcqinbsguj3ochzkd.jpg)
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
![विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/madesh_Mx_06SHEXpMGw_veabjdqvgbzemtyemen9ug52bk3zobkvvlvuovx1zmbcpw7pei7vjr2fsjqj_gCXbyVuvrX_cbktmzmm5zqhyci3syttmvng21ns9efihzul7odjk01nfbz0k1pfkqikzxu8.jpg)
विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार ब…
![महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका
![पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hat_cIXBuGTXZV_yiqytfnnluvvuzjv6e39zyuw8g8rljh734or5kkla7qv2fjasxqcxxueylzo_ZpL1fqdw9Y_crg0bmpelszzip24wxgmjpl7vtxelfyaa8zrkvlku7sbgqhs7rfn8r24kyzi.jpg)
पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ
![क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp_pcgWfvrqDX_cd28niyvepi3kh3kuo4mjxvj9cvbsivkfgya7ww5f9mmprbl30a5zhmrsfsy_cyH4UL7y7B_ivgd6vf7rsy1t2uvedc60et9xkjtjtbrzempchahasvjjhc6gxtquz3sh15q.jpeg)
क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ
![सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanusa_cRFmcmvxmu_hgyltzkatwzbf0qn1lyqrfkwdxgsom6bzpebdglg59c2173xkmjpw04676uf_mVEfB5zPAI_uwj7gsbj2cu554p50or1gdoeknq8ltziptnlm4ks0xxhwm8tiisxexlgqips.jpg)
प्रतिक्रिया