धनकुटाका थापा : जसले चौधरीको कम्पनीलाई १० रोपनी जग्गा दिएर सेयर लिने निर्णय गराए

इटहरी ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

थापा विनोद चौधरीसहितको कम्पनी, च्याम्पियन फुटवेयरलाई १० रोपनी जग्गा दिएर सेयर लिने निर्णय गर्दा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख थिए ।

धनकुटा मुगाका थापा लामो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । उनले २१ महिना ८ दिन प्राधिकरणको कार्यकारी निर्देशक जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि उनी एनआइडिसी (नेपाल इन्ड्रष्ट्रियल डेभलपमेन्ट कर्पोरेशन)का को महाप्रबन्धक थिए । उनले त्यहाँ ४ वर्षे महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित