तरहरा जेसीसमा पहिलो पटक महिलाको नेतृत्व , भुसाल बनिन वर्ष २०२४ को अध्यक्ष

इटहरी । सुनसरिको इटहरी उपमहानगरपालिका २० तरहरा जेसीसमा नयाँ नेतृत्व चयन भएकाे छ । तरहरा जेसीस वर्ष २०२३को चौथो साधारणसभा तथा २६औँ शाखा अधिवेशनबाट तरहरा जेसीस वर्ष २०२४का लागी रिता भुसाल निर्वाचित भएकी हुन् ।  स्थापित तरहरा जेसीसमा प्रथम पटक महिला अध्यक्षको रूपमा रिता सर्वसम्मत निर्वाचित बनेकी हुन्। 

उपाध्यक्षमा दुई जना क्रमशः मदन  बस्नेत र सुरज तामाङलाई चयन गरेको छ त्यस्तै उपाध्यक्षमा चार जना क्रमशः सुमन रेग्मी ,गोविन्द घिमिरे , किरन शाह ,साेनीया बस्नेत चयन भएका छन् । त्यस्तै सचिवमा सन्जना पन्डित र जन सम्पर्क अधिकारीमा सुजित कर्ण चयन भएको निर्वाचन आयुक्त सन्तोष रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित