बीपीका उपकुलपति कार्की बिरूद्ध उच्च अदालतमा रिट : नियुक्ती खारेजकाे माग , शुक्रबार पेशी

इटहरी ।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की विरूद्ध उच्च अदालत बिराटनगरमा रिट दायर भएकाे छ । कामु उपकुलपति कार्कीकाे नियुक्ती खारेजकाे माग सहित धरानका सुमन श्रेष्ठले रिट दायर गरेका हुन । कामु कार्कीकाे नियुक्ती गैरकानुनी रहेकाे ठहर सहित श्रेस्ठले अदालतमा रिट दायर गरेका हुन । उक्त रिटकाे माघ १९ गते शुक्रबार पेशी ताेकिएकाे छ । 

प्रतिष्ठानबाट अवकास पाइसकेपछि कार्कीलाई कामु उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले पनि उनको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ममता खनालको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई माघ १९ गते बोलाएको रिट निवेदक श्रेष्ठले बताए । छलफलपछि डा.कार्कीको नियुक्ति खारेज हुने रिट निवेदकको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित