सर्लाहीमा २१ वर्षीया युवतीको हत्या, श्रीमान र ससुरा फरार

सर्लाही । सर्लाहीको बलरामा एक युवतीको हत्या भएको छ। बलरा नगरपालिका-४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पत्नी पुजादेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बुधबार राति आफ्नै घरभित्र पुजादेवी मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार घटनापछि उनका पति र ससुरा जयनारायण सहनी फरार छन्। पुजादेवीकी सासु बनारसी देवीलाई भने पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पुजादेवीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। उनको पतिसहित परिवारका सदस्य मिलेर हत्या गरेको आशंका प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित