पाँचथरबाट निर्वाचित पूर्व मन्त्री वसन्त नेम्वाङ अकस्मात बिरामी : हेलिकप्टरबाट ल्याइयाे काठमाडाैं

इटहरी ।  पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ बुधबार अकस्मात बिरामी परेपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। अकास्मात बिरामी परेपछि  उनलाई थप उपचारका लागि    हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका हुन् । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए ।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्ज समेत हुन । उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित