माेरङ र झापाबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

इटहरी । मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका १७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर(१५ बाट १९।३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हाे ।

घटनामा संग्लग्न रहेकी बिराटनगर१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको छ । यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका ४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार  बि. क. लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका ५ थान मोबायल  र डिजिटल तराजु १ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट बुद्धशान्ति गाउँपालिका ५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित