बेलबारी नगर अस्पतालमा कर्मचारीले औषधी लुकाएर बेचेको आरोप

बेलबारी । बेलबारी नगरपालिका १ मा सञ्चालित नगर अस्पतालका एक कर्मचारीले अस्पतालमा आएको औषधी लुकाएर अन्यत्र बेचेको आरोप लागेको छ । एक सेवाग्राहीले नगर अस्पतालका कर्मचारीले अस्पतालमा आएको औषधी बिरामीलाई नदिई लुकाएर अन्यत्र बेचेको भन्दै सामाजिक सञ्जालमा नै पोष्ट गरेपछि सोही बिषयमा जानकारी लिँदा ति सेवाग्राहीले अस्पतालमा भएका औषधी समेत छैन भन्दै बिरामीलाई पठाएको तर सोही औषधी कर्मचारीले बाहिर लगेर बिक्री गर्ने गरेको आरोप लगाए । उनले आफुसँग प्रमाण सुरक्षित रहेको समेत बताएका छन ।

बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष गहतराज भने यो आरोप मान्न तयार छैनन । उनले यो गलत आरोप भएको अस्पतालमा आएको औषधी कर्मचारीले लुकाएर बेच्न सम्भव नभएको बताउँछन । उनले यो अफवाह मात्र भएका र नगर अस्पतालले अस्पतालमा आउने बिरामीहरुलाई सकेसम्म राम्रो सेवा प्रदान गरिरहेको तर्क गर्छन ।

प्रतिक्रिया

सम्बन्धित