एमाले नेता वसन्त नेम्वाङ गम्भिर

ताप्लेजुङ । नेकपा एमालेका नेता बसन्त नेम्वाङ अकस्मात बिरामी भएका छन्।नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा एमालेको ताप्लेजुङ इन्चार्ज हुन्। बुधबार बिहान साढे‍ ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो।एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ।उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ।

एमाले सचिव योगेश भट्टराईले नेम्वाङ बिरामी भएको र हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको बताए। नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभा सदस्यसमेत छन्।

प्रतिक्रिया

सम्बन्धित