इटहरी ट्राफिकद्वारा चोरी भएका सवारी साधन सवारीधनीलाई फिर्ता

इटहरी । सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय काेशी प्रदेशले विभिन्न समयमा चोरी भएका तथा हराएका सवारीसाधनहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

प्रहरीले विभिन्न समयमा चोरी भएका साना तथा ठुला सवारी साधनहरू फेला पारी सवारी धनीहरूलाई जिम्मा लगाएको हो । काेशी प्रदेशको विभिन्न क्षेत्रबाट हराएका १० वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

चोरीका सवारी नियन्त्रणकालागि ट्राफिक प्रहरीले गत पुस ११ गतVSU शाखाको स्थापना गरेको र सवारीधनीले दिएकाे उजुरीलाई मध्यनजर गर्दै खाेज तलास गर्ने क्रममा फेला पारी सम्बन्धित पक्षलाई बुझाइएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय काेशी प्रदेश इटहरीका प्रमुख प्रहरी उपरिक्षक सराेज पाैडेलले बताए ।

  शाखा स्थापना पछि सादा पोसाकमा समेत प्रहरी परिचालन गरी खोजी अभियान सँगै सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । राजमार्गमा चेकिङको क्रममा कागजात नभए पछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त माेटरसाइकलहरू चोरी भएको पुस्टी भएको थियो । यता माया मारिसकेको सवारी साधन भेटेर फेरी लिन पाउँदा सवारी धनीहरू खुसी देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित