नेप्से परिसूचक १४.८८ अंकले वृद्धि

काठमाडौं /  नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित