घरबाट बेपत्ता यमुना मृत्त भेटिइन्, साथमा रहेका २५ दिनका छोराको अवस्था अज्ञात

पाँचथर । नाबालक छोरासहित हिजोदेखि घरबाट बेपत्ता पाँचथर याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाई मृत्त भेटिएकी छन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव आज (सोमबार) तमोर नदी किनारमा भेटिएको हो ।

आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन् । आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी उनी साझसम्म नफर्केपछि उनका श्रीमान डिल्ली चापागाईले निवेदन दिएको प्रहरी नायब निरीक्षक लिम्बूले बताए ।

चापागाईले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए । यस्तै २५ दिनका नाबालक छोरा होमप्रसाद चापागाईको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित