खादबारीमा आधा ताेला सुन लुट्न ६२ वर्षीया बृद्धाकाे हत्या , हत्यामा संलग्न  आकास राई धरानकाे गेस्ट हाउसबाट पक्राउ

इटहरी ।  संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई  प्रहरीले पक्राउ गरेको छ । 

खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारेस्थित एसएस एफएमको कम्पाउण्ड बाहिर माघ ६ गते दिउँसो दिलकुमारी मृत अवस्थामा फेला परेकि थिइन ।  घटनाको अनुसन्धान गर्ने क्रममा महिलाकाे हत्या भएकाे निस्कर्षमा प्रहरी पुगेकाे थियाे ।  हत्यामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा सुनसरी, धरान उपमहानगरपालिका-२ देशीलाईनस्थित एक गेष्टहाउसबाट पक्राउ गरेको हो । 

आकाशले दिल कुमारीको कानमा लगाकाे करिब आधा ताेला सुनकाे  २ थान रिङ लुट्न बन्चरो प्रहार गरी हत्या गरेको अनुशन्धानबाट खुलेकाे छ ।   साथै आकाशले उक्त रिङ धनकुटा पाख्रीवास नगरपालिका-४ बुद्धचोकस्थित रुपकला ज्वेलर्सका संचालिका ३६ वर्षीया धनमाया विश्‍वकर्मालाई बिक्री गरेको तथा धनमायाले सो रिङ सोही ठाउँस्थित विवेक ज्वेलरीमा बिक्री गरेको खुल्न आएपछि धनमाया र विवेक ज्वेलरीका संचालक ५३ वर्षीय देव बहादुर विश्‍वकर्मालाई समेत प्रहरीले पक्राउ गरेको छ । 

आकाश उपर कर्तव्य ज्यान र चोरी/डाँका सम्बन्धी कसूर मुद्दामा तथा रिङ खरिद गर्ने कार्यमा संलग्न धनमाया र देव बहादुर उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित