विराटनगर तालिम केन्द्रका हवल्दारकै योजनामा “लागुऔषध कारोबार” १२१ केजी गाँजा सहित चार जना पक्राउ


बिराटनगर । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीकै योजनामा प्रतिबन्धित लागुऔषध गॅाजाको कारोबार हुने गरेकाे पाइएकाे छ । 

विराटनगर–१० तिनटोलियाकाे गुरासटाेल स्थित एक घरकाे कम्पाउण्डबाट प्रहरीले १२१ केजी गाँजा सहित चारजनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सहायक हवल्दार चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोल २३ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजबंशी रहेका छन् ।

उनीहरुमध्ये रामअवतार साहले विराटनगर–१० गुराँसटोलमा एक हप्ता अगाडी मात्रै कोठा भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ परेका साहले एकहप्ता अगाडी मात्रै कोठा भाडामा लिएको बताएका हुन् ।

पक्राउ परेका विराटनगरका तीन युवासँगै बारा कोल्बी नगरपालिका ९ स्थित श्रीपुर घर भई प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीले योजनामै कोठा भाडामा लिएको हुनसक्ने आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले गाँजा आफ्नो नभएको बताउँदै आएका छन। पक्राउ परेका उमेशले आफूलाई बोलाएर आएको बताएका छन्। साहले आफु कन्ट्रक्सनको काम गर्ने भएकोले कोठा लिएको दावी गरेका छन् ।

साहले भाडामा लिएको कोठा पछाडीपट्टी घाँसको झ्यासमा गाँजा लुकाएर राखिएको भन्ने सुचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक महेन्द्र बिक्रम केसीको कमाण्डमा खटिएको टोलिले छापा मारेको थियो । छापा हाल्ने क्रममा गाँजा, नेपाली र भारतीय नगद, सवाधी साधन समेत बरामद गरेकाे छ । 

बरामद सामग्री सशस्त्र प्रहरी बलले आवश्यक अनुसन्धानका तथा कारबाहिका लागि मोरङ प्रहरीलाई बुझाएको छ ।उनीहरुको साथबाट मोवाइल पाँचथान, नेपाली एकलाख ४५ हजार ७० रुपैँया, भारतीय ५०० को नोट, मोटरसाइकल प्रदेश १–०२–०४४ प १४८५, भेन को २ च १२१६ नम्बर को बरामद भएकाे प्रहरी भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित