लेटाङकी ७५ बर्षीया नेप्टी दर्जीले पाइन नागरिकता

पथरी । माेरङकाे लेटाङ नगरपालिका वडा नं. ३ की नेप्टी दर्जीले ७५ बर्षको उमेरमा नागरिता प्राप्त गरेकि छिन  । घर परिवार विहीन दर्जीको आफन्त कोही नभएका कारण नागरिता बाट वञ्चित हुनुपरेको थियो ।शारिरिक रुपमा समेत अशक्त रहेकि दर्जीलाई  लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईको पहलमा नागरिक्ता प्रदान गरिएकाे हाे ।

दर्जीलाई  सोमबार मोरङका सहकायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले लेटाङ नगरपालिकाको परिसरमा आई नागरिकता हस्ताण्तरण गरेका हुन ।   नागरिकताबाट बन्चित हुँदा राज्यवाट पाउने सेवा सुविधावाट समेत बन्चित हुनुपरेको थियो ।

दर्जी चार दशक अघि देखी लेटाङ नगरपालीका बजार आसपार बसाेवास गर्दै आएकि छिन । नागरिक्तामा लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर वहादुर राईले सनाखत गरेका छन । एक साहारा विहिन आमालाई नागरिकता दिलाई वडाध्यक्ष डम्बर वहादुर नगर क्षेत्रमा उदहारणीय कार्य गरेकाे नगर प्रमुख भुपेन्द्र कुमार लावतीले बताए ।

 वडाध्यक्ष राईले भने मोरङका प्रमुख जिल्ला अधिकारीको सल्लाहा अनुसार दर्जीको संरक्षक बनी नागरिक्ता दिलाएकाे बताए । 

प्रतिक्रिया

सम्बन्धित