२५ दिनको शिशुसहित बेपत्ता महिलाको शव तमोर नदीमा फेला

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको छ । 

उनको शव आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।   

उनका अनुसार शिशुको अवस्था भने अज्ञात रहेको छ । २५ दिनको नाबालकसहित चापागाईंले आइतबारदेखि बेपत्ता भएकी थिइन् । आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर उनको माइती घर हो । चापागाईंले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो ।   

प्रतिक्रिया

सम्बन्धित