"राजा हिन्दुस्तानी"मा करिस्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो

एजेन्सी । सन १९९० को दशककी बलउडकी चर्चित अभिनेत्री करिश्मा कपुर फिल्ममा नआएको निकै लामो समय भयो । दाम्पत्य जीवनको उचार चढाबले कठिन पारिवारिक समस्याको सामना उनले गर्नु परेको छ ।

यिनै अभिनेत्रीले अहिले चलचित्रमा चुम्बनको दृष्य सामान्य हुने गरे पनि आफुहरुको पालामा सिनेमामा चुम्बन गर्न त्यति सहज नभएको बताएकी छिन् । एउटा टेलिभिजनमा अन्तरवार्ताको क्रममा अभिनेत्री करिश्माले सन् १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दुस्तानीमा चुम्बनको दृष्य छायाँकन गर्न निकै गाह्रो भएको खुलाएकी छिन् ।

राजा हिन्दुस्तानी अभिनेत्री करिश्मा कपूरको निकै मन पराइएको फिल्म थियो । यस फिल्ममा उनीसँग आमिर खान मुख्य भूमिकामा थिए । यो फिल्ममा करिश्मा र आमिरबीचको एउटा चुम्बन दृष्य त्यतिबेला निकै चर्चामा थियो । त्यो चुम्बन दृष्य खिच्नको लागि आफुहरुलाई निकै समय लागेको यी अभिनेत्रीले सम्झना गरेकी छिन् ।

‘यो फिल्ममा आमिर खान र म बीच ओठ जोडेर चुम्बन गर्नु पर्ने लिप लकको एउटा दृष्य थियो । त्यो दृष्य खिच्ने क्रममा हामी दुई जाना नै निकै डराएका थियौं ।’ अभिनेत्री करिश्माले भनिन्,‘त्यो चुम्बनको दृष्यको छायाँकन पुरा गर्न हामीलाई निकै समय लाग्यो । हुन पनि त्यो दृश्यलाई बलिउड उद्योगमा सबैभन्दा लामो समय ओठ जोडेको चुम्बनको दृश्य मानिएको थियो ।’

अन्तर्वार्ताका क्रममा करिश्मा कपूरले आमिर खानसँगको त्यो चुम्बन दृष्यको छायाँकन तीन दिनमा सम्पन्न भएको बताएकी छिन् । करिश्मा कपूरले अन्तर्वार्तामा भनिन्, ‘यो दृश्य फेब्रुअरीमा अत्यधिक चिसोको समयमा उटीमा छायांकन गरिएको थियो र यसका लागि हामीले ४७ पटकसम्म रिटेक दिनु परेको थियो ।’

अभिनेत्री करिश्माले सो दृष्य छायाँकनको क्रमलाई सम्झना गर्दै भनिन्,‘हामीलाई यो चुम्बनको सुटिङ कहिले समाप्त हुन्छ भन्ने लागेको थियो । एक दिन त हामीले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पनि चुम्बनको यो सिन गर्दा समेत सोचे अनुसार यो सिन ओके भएन ।’ त्यतिबेला चुम्बनको सिन दिन आफु र आमिर खान दुबैलाई सहज नभएको यी अभिनेत्रीले बताएकी छिन् ।

‘आजकाल पनि लामा र कामुक मुद्राका चुम्बनको दृष्य फिल्मदेखि वेभ सिरिजमा देख्न पाईन्छ । यस्ता दृष्यहरु आजकाल दर्शकलाई सहज लाग्ने गरे पनि हाम्रो पालामा यस्तो चुम्बनको दृष्य फिल्ममा दिनु निकै कठिन काम हुन्थ्यो ।’ यी अभिनेत्रीले भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित