वीपी जाेगाउन वडाध्यक्षकाे नेतृत्वमा निकालियाे दवावमुलक र्‍याली

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली आयोजना भएको छ । धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएकोर्‍याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर समापन भएकाे थियाे।

प्रतिष्ठानका पदाधिकारी, राजनीतिक, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठान लथालिंग बनेपछि प्रतिस्ठान सुधारकालागि दबाबमुलक र्‍याली निकालिएकाे वडाध्यक्ष प्रविन राईले बताए ।  र्यालीमा सायाे धराने जनताकाे पनि सुहभागिता रहेकाे थियाे ।प्रतिस्ठान भित्र तत्काल सेवा र पठनपाठन सुचारू गरिनुपर्ने अन्यथा गेट बाहिर धर्ना बस्ने वडाध्यक्ष प्रविन राईले चेतावनी दिए । 

  धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने’ बताउँदै वडाध्यक्ष राइले प्रतिस्ठान जस्ताे संवेदनसिल क्षेत्रलाइ सुधार्न जस्ताेसुकै दबाबमुलक कार्यक्रम गर्न पछि नपर्ने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित