सुष्मा कलेजको " सुष्मा स्पाेट्स मिट सुरू"

इटहरी । सुष्मा गाेदावारी कलेज इटहरीको आयोजनामा आइतबारदेखि सुष्मा स्पाेट्स मिट सुरु भएको छ । कलेजको नियमित कार्यक्रम तालिका अनुसार आइतबार देखि सुष्मा स्पाेट्स मिट सुरु गरिएको जनाएको छ । कलेजमा अध्ययनरत प्लस टु ,तथा अन्य विषयमा अध्ययनरत विद्यार्थीहरूबिच विभिन्न खेलकुद प्रतिस्पर्धा गराइएको थियो । खेलकाे माध्यमबाट बिद्यार्थीहरूलाइ स्वास्थ्य राख्न र किताबको ज्ञान सँगै अतिरिक्त कृियाकलापमा पनि अब्बल बनाउन इटहरी स्थित सुष्मा कलेजले सुष्मा स्पाेटस मिट आयोजना गरेको हो ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्ये ४ सय विद्यार्थीहरूका सहभागितामा स्पाेट्समिट गरिएको कलेजले जनाएको छ । जसमा फुटबल , भलिबल , क्रिकेट, टेबल टेनिस र बास्केट बल जस्ता प्रतियाेगिताहरू गराइएको थियो । विद्यार्थीहरू भित्र भएको कलालाई उजागर गर्न र खेलकुदको माध्यमबाट क्षमता अभिवृद्धि गराउने उद्देश्यसहित स्पाेट्स मिट सञ्चालन गरिएको सुष्मा कलेजका प्लस टु संयोजक रञ्जन भट्टराईले जानकारी दिए । अहिले भएको प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ आगामी कलेजको विशेष कार्यक्रममा पुरस्कार तथा मेडल प्रदान गरिने संयोजक भट्टराई ले बताए ।

विद्यार्थीहरूलाई किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा, सीप, क्षमता अभिवृद्धिका साथै अतिरिक्त क्रियाकलापहरू सँग जाेड्दै हरेक क्षेत्रमा अब्बल र दक्ष बनाउन यस कलेजले प्रेरित गर्दै आएको छ । शिक्षा सँगै सामाजिक काममा पनि त्यतिकै सकृिय यस कलेज स्थापनाको छोटो समयमै अभिभावक र बिद्यार्थीहरूकाे मन जित्दै आएको छ ।आइतबारदेखि सुरु भएको सुस्मा स्पाेट्स मिट २० गते सम्म सञ्चालन हुने कलेजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित