गोधुली रनिङ कप : उद्घाटन खेलमा धरान- ५ बिजयी

  धरान । शनिबार देखि धरानमा सुरू भएकाे २४ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तरगत उदघाटन खेलमा धरान वडा नं.५ ले बिजयी सुरूवात गरेकाे छ ।  धरान वडा नं.७ लाई ४-० गोल अन्तरले पराजित गर्दै धरान ५ विजयी भएको हाे ।

खेलमा वडा ५ का आन्ना चोङहाङ लिम्बुले खेलको १२ र ३८ औ मिनेटमा २ गोल गर्न सफल भए । यसैगरी मिजास आङबुहाङ्गले खेलको दोस्रो हाफको ३३ औ मिनेटमा १ गोल गरे । मन्दिप राईले ३७ मिनेटमा अर्को गोल थप्दै ४ गाेलमा सिमित बनाए ।   प्रतियोगितामा वडा ७ ले खेलको अन्तिम समय सम्म कुनै गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच वडा ५ का आन्रा चोङहाङ्ग लिम्बू घोषित भए ।

खेलकाे विजेता हुने टिमले नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछन भने उप विजेताले  ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने आयोजक गोधुली क्लबलेले जानकारी दिएको छ । खेलका प्रमुख अतिथी धरान १७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले फुटवलकै माध्यमबाट धरान  अन्तराष्ट्रिय स्तरमा चिनिएपनि स्थानिय सरकारबाट वेवास्था भएकाे बताए । 

धरान रंगशालमा सुरु भएको प्रतियोगिता माघ १३ देखि २७ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा धरानका २० वटै वडाका टिमहरू सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित