आफ्नो पारिश्रमिकबाट कम्बल बाँड्दै पुर्वमन्त्री आचार्य

मोरङ । कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद जीवन आचार्य विपन्न समुदायलाई कम्बल बाँडिरहेका छन् । अत्याधिक चिसोका कारण पीडित विपन्न परिवारलाई आचार्यले आफ्नै तलबले कम्बल बाँडेका हुन् । 

मोरङको सुन्दरहरैचाका २, ३ र ४ नम्बर वडाका १५० जना, बुढिगंगा गाउँपालिका ६ र ७ नम्बर वडाका २५० र विराटनगर महानगर ४ नम्बर वडाका १३० जना गरी ५३० जना विपन्न परिवारलाई कम्बल बाँडेको उनले बताए । 

मोरङ क्षेत्र नम्बर ६ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरेर कमल वितरण गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित