भानुचाैकमा यात्रु असुरक्षित बनेपछि प्रहरीले लागुगर्याे नयाँ नियम : अब सवारी चालकले अनिवार्य स्वयं सेवक लेखेको ब्यानर लगाउनु पर्ने

धरान । सुनसरीको धरानस्थित भानुचाैकमा विभिन्न सवारी साधनमा कार्यरत चालक तथा सहचालक एवम् मजदुरले यात्रुहरूलाई अनावश्यक दुख दिने गरेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले नयाँ नियम बनाएको छ । धरानबाट अन्यत्रै जाने या आउने यात्रुहरूलाई सवारी चालकहरूले तानातान गर्दा असुरक्षित महसुस गरेको गुनासो बढेको भन्दै ट्राफिक प्रहरीले यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै नयाँ नियम लागु गरेको हो । 

  भानुचोकको बस स्टेन गाडि टेम्पु सफ़ारी,अन्य गाडिका मज्दुरलाई चिन्न सहज बनाउन प्रहरीले चालकहरूलाई स्वयं सेवक ब्यानर वितरण गरेको छ । यसले यातायातका मज्दुरहरूलाई अनुशासित बनाउन प्रेरित गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुवास केसीले बताए ।

अब धरानमा कुनै यात्रुमाथि दुर्व्यवहार गरेको पाइए त्यस्ता सवारी साधन र चालक दुबैलाई कार्वाहि गरिने पनि उनले बताए ।   यात्रुलाई सवारी चालकले हैरान पारे भाडा मंहगो लिए वा अन्य समस्या परेमा भानुचोकस्थित प्रहरी हेल्प डेस्कमा सम्पर्क राख्नु अनुरोध गरे।

प्रतिक्रिया

सम्बन्धित