धरानमा फागुन ११ गतेदेखि धरान एक्सपाे : कृषि र पर्यटनलाई प्राथमिकता : १६ कराेड काराेबारकाे लक्ष्य

धरान ।  धरान: उद्योग बाणिज्य संघ सुनसरीले उद्योगी, व्यवसायीहरुको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आगामी फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० आयोजना गर्ने भएको छ । धरान १६ स्थित रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा कृषि, पर्यटन, कला सँस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक व्यापारको प्रर्दशनी जोड दिएको छ । आन्तरिक उत्पादनको व्यापारिक प्रर्वद्धन गर्ने तथा निकासी प्रर्वद्धनमा पनि योगदान पुर्याउने लक्ष्य एक्स्पोको रहेको आयोजक संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा विभिन्न क्षेत्रका १५० वटा स्टल राख्ने आयोजकको तयारी छ । उद्योगी, व्यवसायीहरुको उत्पदानको प्रर्दशनी तथा बिक्री कक्ष एक्स्पोमा राखिने संघले जनाएको छ । एक्स्पोमा करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र १६ करोड बराबरको कारोबार गर्ने लक्ष्य पनि राखिएको अध्यक्ष श्रेष्ठले बताए ।

आम उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरु, औद्योगिक सामग्रीहरु, सवारी साधनका विभिन्न उत्पादनहरु, कृषिजन्य सामग्रीहरुका साथै पाकिस्तान, वंगलादेशका छाला तथा गार्मेन्ट्सका वस्तुहरु पनि सुपथ मुल्यमाम एक्स्पोमा उपलब्ध हुने आयोजकको भनाई छ ।

एक्स्पो अवधिमा धरान र आसपासको धार्मिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको साथै शैक्षिक केन्द्र, खेलकुदका पुर्वाधारहरुको पनि प्रर्वद्धन गरिने आयोजकको भनाई छ । एक्स्पोमा औद्योगिक प्रर्दशनी तथा खरिद बिक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्दशनी तथा बिक्री, कृषि उत्पादनका बस्तुहरुको प्रर्दशनी तथा खरिद बिक्री प्रमुख आकर्षण हुने जनाइएकाे छ ।

यस्तै, रोटेपिङ, रेलगाडी, नाउ, जम्पिङलगायत बालबालिका रमाउने खेलहरु, धरान आइडियल तथा लोकनृत्य प्रतियोगिता, निकासी योग्य वस्तु सम्बन्धी गोष्ठी, आर्थिक विश्लेषणका लागि कार्यशाला, पर्यटकीय भ्रमण, हाइकिङ, बर्ड वाचिङ, एक गाउँ एक उत्पादनका बस्तुहरुको प्रर्दशनीलगायत पनि एक्स्पोको आकर्षण हुनेछ । एक्स्पो अवधिमा खानेपानी सम्बन्धी गोष्ठी पनि हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित