सरकारी कार्यालयमा जागीर लगाइदिने भन्दै एक करोड ३० लाख ठगी , इटहरीका प्रदिप र सुन्दरहरैंचाकि अञ्जु पक्राउ

इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि सर्वोच्च अदालतका न्यायधिस हुँदै प्रहरीको आइजिपी सम्मका ब्यक्ती आफन्त हुन भन्दै सुनसरी र मोरङका ३५ जनाबाट १ करोड ३० लाख बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री कार्यालय देखि युएन प्रोजेक्ट लगायत सरकारी कार्यालयहरूमा जागिर लगाइदिने भन्दै ३५ जनाबाट १ करोड ३० लाख ठगी गरेको आरोपमा प्रहरीले इटहरीका प्रदीप चौधरी र सुन्दरहरैंचाकि अन्जु चौधरिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ दुवै जना विरुद्ध ठगी मुद्धामा अदालतबाट म्याद थप गरिएकाे इटहरी प्रहरीले जनाएको छ ।

चौधरिले सुनसरी र मोरङका युवाहरूलाई ललाइ फकाइ जागिर लगाइदिने प्रलोभन देखाएर रु ३ लाख देखि १५ लाख सम्म असुलेको प्रहरीले बताएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित