सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने

काठमाडौं / सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपीओमा ३० हजारको हात रित्तो हुने भएको छ ।

सिडिएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ३६ हजार ३१३ जनाले २३ लाख ५ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ८.६३ गुणा बढी आवेदन हो ।

कम्पनीको आइपीओ ५ हजार ३४० जनाले मात्र ५०र५० कित्ताका दरले सेयर हात पार्नेछन् । जसअनुसार ३० हजार ९७३ जनाको हात रित्तो हुने भएको हो ।

कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । बुक बिल्डिंग विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ जारी गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित