गैरजिम्मेवारीको परकाष्टा,२ महिनादेखि बेतना सिमसार बन्धक !

बेलबारी । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसारको कार्यलय र टिकट घरमा २ महिनादेखि स्थानीय संघर्ष समितिले लगाएको ताला नखोलिँदा लाखौ घाटा भईरहेको छ ।

सिमसार क्षेत्रभित्र राखिएका पशुपंक्षी भोकभोकै छन । ब्यबस्थापन लथालिंग र भताभुंग छ । फोहरको डंगुर उस्तै छ । ७ बर्षदेखि साधारणसभा हुन सकेको छैन । बेलबारी नगरपालिका,सब डिभिजन बन कार्यलय,राजनीतिक दल,बन समुहको यतिबेला चुपचाप बसेका छन । बेलबारीको पहिचान सँग जोडिएको प्रदेशकै नमुना पर्यटकीय क्षेत्र २ महिना देखि बन्धक अबस्थामा हुँदा समेत टुलुटुलु हेरेर बसिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित