गैँडा मारी खाग तस्करी गरेकाे आरोपमा तीन वर्षदखि फरार एकजना पक्राउ

चितवन / गैँडा मारेर खाग तस्करी गरेकाे आरोपमा तीन वर्षदखि फरार एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

राप्ती नगरपालिका–६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई गत माघ ९ गते मंगलबार दिउँसो १:५० बजेको समयमा हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलबाट पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बोहोरालाई २०७६ भदौ ३१ गते अमलटाँडी सेक्टर अन्तर्गत बाँदरझुला पोष्टको मर्दीखोला क्षेत्रमा वयस्क भाले गैँडा मारी खाग काटेको र २०७७ कात्तिक २० गते भोसारघाटतर्फ आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानेर कारी खाग काटेर लगेको आरोपमा पक्राउ गरिएको हो ।

नेपाली सेना, निकुञ्ज टोली र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको संयुक्त टोलीले घटनामा संलग्न २३ जना आरोपितलाई पक्राउ गरिसकेको तिवारीले जानकारी दिए । दुवै घटनामा जम्मा २४ जना संलग्न थिए । बोहोरा तीन वर्षदेखि फरार थिए ।

विशेष सूचनाको आधारमा बोहोरालाई पक्राउ गरि चितवन जिल्ला अदालतमा बयान तथा थुनछेक आदेशको लागि पेश गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित