सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौ / नेपाली बजारमा सुनको भाउ बिहिबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको हो । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित