धरान प्रहरीलाई मित्तेरी बैंकले दियाे कम्प्युटर र प्रिन्टर

धरान । सुनसरीकाे धरानस्थित प्रधान कार्यालय रहेकाे  मितेरी डेभलपमेन्ट बैङ्कले  इलाका प्रहरी कार्यालय धरानलाई कम्प्युटर र प्रिन्टर सामाग्री हस्तान्तरण गरेको छ । बुधवार इलाका प्रहरी कार्यालय धरानकाे  कार्यालयमा सामग्री हस्तान्तरण गरिएकाे हाे । 

मितेरी बैङ्कका अध्यक्ष किसन मास्केले इलाका प्रहरी धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई करिब ८० हजार पर्ने १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेका हुन । सामाग्री हस्तान्तरण गर्दै मितेरी बैङ्कको प्रमुख कार्यकारिणी तुलसी प्रसाद वस्तिले बैङ्कबाट कमाएको मुनाफाको केही अंश सामाजिक सेवामा खर्च गर्नु पर्दछ भन्ने मूल अभिप्रायले सामाजिक सेवामा खर्च पर्दछ भन्ने हेतुले सहयोग गरेको बताए ।

व्यक्तिलाई फाइदा हुने काम भन्दा माथि उठी सामाजिक उत्तरदायित्व बोध हुने क्षेत्रका जुनसुकै समाजलाई फाइदा पुग्ने गरी सहयोग बिस्तार गरेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित