इटहरीस्थित नमुना कलेजको स्पाेट्स मिट, पाँच खेल सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित इटहरी नमुना कलेजले बुधवार नमुना स्पाेट्स मिट सम्पन्न गरेको छ । कलेजको नियमित कार्यक्रम तालिका अनुसार बुधवार तीन दिने स्पाेट्स मिट सम्पन्न गरेको हो । कार्यक्रममा कलेजमा अध्ययनरत प्लस टु , बिएचएम लगायत अन्य विषयमा अध्ययनरत बिद्यार्थिहरूबिच विभिन्न खेलकुद प्रतिस्पर्धा गराइएको थियो । जसमा फुटबल , भलिबल , क्रिकेट,टेबल टेनिस र म्याराथन दौड जस्ता प्रतियाेगिताहरू गराइएको थियो ।

विद्यार्थीहरू भित्र भएको कलालाई उजागर गर्न र खेलकुदको माध्यमबाट क्षमता अभिवृद्धि गराउने जस्ता उद्देश्यसहित एक दिने स्पाेट्समिट आयोजना गरिएको नमुना कलेजका इभेन्ट म्यानेजर राजेस थापाले बताए । अहिले भएको प्रतियोगिताबाट उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ आगामी सरस्वती पूजामा आयोजित विशेष कार्यक्रममा सम्मान सहित पुरस्कार वितरण गरिने म्यानेजर थापाले बताए ।

बिद्यार्थिहरूलाइ किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा, सीप, क्षमता अभिवृद्धि का साथै अतिरिक्त क्रियाकलापहरू सँग जाेडदै हरेक क्षेत्रमा अब्बल र दक्ष बनाउन यस कलेजले प्रेरित गर्दै आएको छ । शिक्षा सँगै सामाजिक काममा पनि त्यतिकै सकृिय नमुना कलेज स्थापनाको छोटो समयमै अभिभावक र बिद्यार्थीहरूकाे मन जित्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित