बीपीमा तत्काल वढुवा प्रक्रिया सुरु नगर्न उच्च अदालतकाे आदेश

इटहरी । श्रीमतीलाई उपकुलपति बनाउने दौडमा प्रतिष्ठानकाे काम कार्वाहि नै प्रभावित बनाउँदै आएका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रांडा.प्रह्लाद कार्कीलाई अब भने हाइसन्चो भएको छ ।

उच्च अदालत विराटनगरले बुधवार तत्काल बढुवा प्रक्रिया अगाडी नबढाउन आन्तरिम आदेश जारी गरेसंगै प्रतिष्ठानका कामु उपकुलपति प्राडा.कार्कीलाई हाइसन्चो भएको हो । प्रतिष्ठानकै प्राडा..सङ्गीता भण्डारीलाई उपकुलपति बनाउने दौडमा लागेका कामु उपकुलपति कार्कीलाई अदालतको आदेशले हद सम्म सजिलो बनाइदिएको हो ।कर्मचारी नियुक्ति र बढुवा लोक सेवा आयोगकोको सहभागिता विना  नगर्न भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

  बुधवार उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बरालले बिपी कोइरालाको एकल इजलासले प्रतिष्ठान , आन्दोलनरत कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल , शिक्षक कल्याण समाजका अध्यक्ष सराेज खान , कामु उपकुलपति प्रह्लाद कार्की , रजिष्टार सुर्यप्रसाद सग्रोैला , कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल , लोक सेवा आयोग र अर्थ मन्त्रालयको   नाममा तत्काल कर्मचारी नियुक्ती तथा स्वत वढुवा नगर्न  अल्पकालिन   आदेश दिएको हो   ।

विपीमा कर्मचारी बढुवाको विषयमा विवाद चलिरहेका बेला संजयकुमार मेहताले हालेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले विषय गम्भीर देखिएको भन्दैं   १७ माघमा  सबै पक्षलाई  छलफलका लागि बोलाएको छ । सो अवधिसम्म लोक सेवा आयोगको सहभागिता बिना  कर्मचारीको नियुक्ति तथा स्वतः बढुवा नगर्नु नगराउनु भनी उच्च अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

प्रतिक्रिया

सम्बन्धित