दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं /  नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १०.२५ अंकले घटेको सेयर बजार २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ कारोबार भएको छ । 

यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर छ । 
 

प्रतिक्रिया

सम्बन्धित