इटहरीमा पुनःहात्ती आतंक : तीन दिन यता दिनहु मानववस्तीमा प्रवेस

इटहरी । केही समय अघि झापा र मोरङमा देखिएका जङ्गली हात्तीको समूह पुन इटहरीको चार कोशे क्षेत्रमा देखिन थालेका छन् ।

तिन दिन देखि २२ वटा हात्तीको समूह इटहरी र धरानबिच पर्ने चार काेशे क्षेत्रमा रहँदै आएका छन् । इटहरीको शान्तिनगर सामुदायिक बन र तरहराको हांसपाेसा बन क्षेत्रमा सो हात्तीको समूह देखिन थालेका हुन ।

आहाराको खोजीमा रहेको हात्तीको समूह जुनै बेला पनि मानव वस्तिमा प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै इटहरी उपमहानगरले सबैलाई सचेत रहन अनुरोध गरेको छ । गएकाे तीन दिन यता दिनहु इटहरीकाे पानीपीया क्षेत्र हुदै शान्तिनगरकाे मानव वस्ती पस्न थालेकाे स्थानियहरू बताउछन । 

हात्तीकै कारण स्थानियहरू रातभर जाग्राम बस्ने गरेकाे पनि स्थानियहरूले बताएका छन । 

 

प्रतिक्रिया

सम्बन्धित