धरानकाे भाेटेपुलमा हायसले ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु

धरान । सुनसरीकाे धरान ८ भाेटेपुलमा हायसकाे ठक्करबाट मोटरसाइकल चालक धरान-१५ का ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको छ ।

:इटहरीबाट धरान आउँदै गरेको ना १ज ७१२१ नम्बरको हायसले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी बिपी प्रतिष्ठान पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक धरान-८ का ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।दुर्घटना पश्चात हायस  र चालक सप्तरी सुरुङ्गा ८ का २८ वर्षीय तेज नारायण सदालाइ इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित