अमेरिकामै गरिन् रेखा थापाले ‘बेबी सावर’

काठमाडौं । पहिलो बच्चा जन्माउन अमेरिका पुगेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले उतै ‘बेबी सावर’ गरेकी छन् । कोलोराडो स्प्रिङ्समा शनिबार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।

श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् । रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित