झण्डै सात सय जनाकाे सफल उपचार पछि खुल्याे डाक्टर नक्कली रहेकाे रहस्य , बिराटनगरमा थहा पाउछन भनेर काठमाडाैं पुगेर खाेलेका थिए मेडिकल

इटहरी । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरेको हो ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर उनले टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ । आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै बज्राचार्यले उपचार गर्दै आएको प्रहरी बताउँछ । त्यस्तै विदेश जानेका लागि नक्कली मेडिकल रिपोर्ट समेत बनाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित